दफा ४०
शत्रु सम्बन्धी अन्य कसुर
देहायको कुनै कार्य गरेमा शत्रु सम्बन्धी अन्य कसुर गरेको मानिनेछ ः-
(क) अघिबाटै उचित तवरले सचेत नभई आदेश नमानी जानी जानी आफ्नो कर्तव्य पालनमा लापरवाही गरी शत्रुको कैदी भएमा वा शत्रुको कैदी भएपछि फिर्ता आउन सक्ने अवस्था भए तापनि फिर्ता नआएमा,
(ख) उचित अधिकार विना शत्रुसँग पत्र व्यवहार गरेमा वा अरू कुनै किसिमले खवर प्रदान गरेमा वा त्यस्तो कारबाही भएको थाहा पाउँदा पनि आफ्नो कमाण्डिङ्ग अधिकृत वा माथिको अधिकृतलाई तुरुन्त सो को सूचना नदिएमा,
(ग) उचित अधिकार विना युद्ध विश्रामको झण्डा उठाएमा ।